प्रधानन्यायाधीश राणाले बैलैमा विचार नपुर्याए अपमानजनक बहिर्गमन निश्चित छ : पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफ्नो मान प्रतिष्ठा जोगाउनका लागि चाँडै नै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
नेपाली काँग्रेस मकवानपुरले शुभ दीपावली, छठको अवसरमा हेटौंडामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले प्रधानन्यायाधीश राणाले ढिला गरे न्यायालयमा गरेका सेटिङ खुल्दै गइरहेका कारण आफ्नो मान मर्यादाका लागि भए पनि पदबाट राजीनामा दिनु उपयुक्त हुने बताए।
प्रधानन्यायाधीश राणाले बैलैमा विचार नपुर्याए अपमानजनक बहिर्गमन निश्चित रहेको उनको भनाइ थियो। प्रधानन्यायाधीशले विगतका प्रधानमन्त्रीहरुसँग गरेको सेटिङका कारण अहिलेको न्यायालय नै विवादमा फसेको उनले बताए।
