कर्णालीको मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीले पेस गरे दाबी
सुर्खेत। कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश प्रमुख गोविन्द्र प्रसाद कलौनी समक्ष दाबी पेश गरिसकेका छन् । केहीबेर अघि प्रदेश प्रमुखको कार्यालयमा पुगेका उनले नेकपा माओवादी केन्द्र, नेकपा (एकिकृत समाजबादी) दलको समर्थनमा नेपालको संविधान २०७२ धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । स्रोतका अनुसार उनको आजै बेलुका आठ बजेसम्म सपथ हुन सक्ने आँकलन गरिएको छ। यो सँगै कर्णालीमा अन्य मन्त्री कसलाई बनाउने भन्नेबारेमा पनि छलफल भईरहेको छ। जीवनबहादुर शाहीको समर्थनमा २० जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेको बताईएको छ।
