कर्णालीमा ‘असर’ विधिबाट सिकाई उपलब्धी मापन अध्ययनको सर्वेक्षण गरिँदै
सुर्खेत । कर्णालीमा ‘असर’ सिकाई उपलब्धी मापन अध्ययनको सर्वेक्षण गरिने भएको छ।
यो सर्वेक्षण गर्नका लागि सम्बन्धीत स्थानीय तहहमा सहकार्य र समन्वय गरिने असर नेपालका अध्यक्ष अधिवक्ता रोशन पोखरेलले जानकारी दिए ।
यो कार्यक्रमका लागि असर नेपालले वीरेन्द्रनगरा एकदिने अभिमुखी तथा सहकार्य वैठक समेत गरिसकेको छ।
यो अध्ययन ूअसरू बिधिबाट गरिने छ,’उनले भने,‘ नागरिक नेतृत्वमा गरिने सिकाई उपलब्धी मापनको नयाँ विधिको रुपमा लिईएको छ।यस विधिमा समुदायकै सदस्यहरुलाई आवश्यक तालिम दिने र उक्त तालिम प्राप्त व्यक्तिहरुले नै आफ्नो समुदायको विद्यालय जाने सबै उमेरका बालबालिकाहरुको गणित, अंग्रेजी र नेपाली विषयमा आधारभूत सिकाईको अवस्था के छ रु भन्ने कुराको तथ्यमा आधारित सर्वेक्षण गर्ने गर्छन।’

असर नेपालले गरेको पछिल्लो अध्यन अनुसार ८र९ मा अध्ययन गरिरहेका बालबालिकाहरुले समेत नेपाली, अंग्रेजी र गणित विषयमा कक्षा २ वा ३ तहमा हुने सामान्य आधारभूत कुराहरु समेत नजानेको देखिन्छ।
सो नतिजालाई मध्यनजर गरी कर्णालीमा पनि ‘पाइलट’को रुपमा ५ वटा स्थानीय तहमा यो सिकाई उपलब्धी मापन अध्ययन सर्वेक्षण गर्न लागिएको असर नेपालका कर्णाली प्रदेश संयोजक ललितजङ्ग शाहीले जानकारी दिए ।
५ स्थानीय तहमा गरिने अध्ययन पश्चात कर्णाली प्रदेशका अन्य स्थानीय तहहरुमा पनि अध्ययन सर्वेक्षण गरिने उनको भनाई छ। यस किसिमका अध्ययनबाट आएका नतिजाहरुलाई पालिका, जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा छलफल गरिनेछ ।

उनले भने ,‘बालबालिकाहरुको सिकाईलाई अझ राम्रो र उत्कृष्ट बनाउनको लागि सक्दो समाधानहरुको खोजी हुने कुरामा विश्वास गरिएको छ।’ पाइलट सिकाई उपलब्धी मापन अध्ययन सर्वेक्षण सुर्खेतको बराहताल गाउँपालिकामा सम्पन्न भईसकेको छ।
के हो असर नेपाल रु
असर नेपालले बिगत सन् २०१६ देखि बालबालिकाहरुले आधारभूत सिकाई सम्बन्धी उपलब्धि हासिल कत्तिको गरेका छन् भनेर थाहा पाउनको लागि असर सर्वेक्षण गर्दै आइरहेको छ । असर नेपाल कुनै संस्था, गैह सरकारी संस्था होइन ।

असर विभिन्न व्यक्तिहरु, संघसंस्था र निकायहरु मिलेर तयार परेको सिकाई उपलब्धी मापन गर्ने एक अध्ययन विधि हो ।
यो विधि नेपालमा तयार गर्नको लागि त्रिभुवन विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक राजिब तिमल्सिनाले संयोजन गरेका छन्।
असर नेपाल हाल गल्ली गल्ली नामक संस्थाद्वारा सञ्चालित छ, जसको अध्यक्ष अधिवक्ता रोशन पोखरेल रहेका छ्।
यस कर्णाली प्रदेशमा संयोजकको भूमिकामा मध्य पश्चिम विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक ललित जंग शाही रहेका छन्।
यो सिकाई उपलब्धी मापन दक्षिण एसियाका ४ ओटा देशहरु नेपाल। बंगलादेश। म्यान्मार र अफगानिस्थानमा सिकाई उपलब्धी मापन विधिमा काम गर्ने संस्थाहरुसँग समन्वय गर्दै एउटा साझा एलाएन्स बनाउने अभिप्रायले अघि बढाइएको छ ।
