रत्न राजमार्गमा जीप दुर्घटना एकको मृत्यु
सुर्खेत। दाङबाट सुर्खेततर्फ आइरहेको रा १ च १३१० नम्बरको जीप रत्न राजमार्ग अनतरगत वीरेन्द्रनगरको झुप्रा नजिकै आज बिहान दुर्घटना भएको छ । दुर्घटनामा घोराही नगरपालिका–१३ अन्दाजी २८ वर्षीय चालक राजु विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते विकलाई उद्दार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको र उपचारको क्रममा मृत्यु भएको सुर्खेतका ट्राफिक प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
उनकाअनुसार लिवाङ्ग नगरपालिका–३ रोल्पाका १६ वर्षीय लोकेन्द्र सुनार घाइते छन् । उनको अवस्था सामान्य छ । तरकारी बोकेर ल्याएको जीप सडकबाट अन्दाजी एकसय पचास मिटर तल झुप्रा खोलामा खसेको छ ।
