आतंककारीको आक्रमणमा एकसाथ ६९ जनाको मृत्यु भएपछि नाइजरमा राष्ट्रिय शोक घोषणा
अफ्रिकी देश नाइजरमा संदिग्ध इस्लामिक विद्रोहीले गरेको आक्रमणमा कम्तीमा ६९ जनाको मृत्यु भएपछि शुक्रबार दुईदिने राष्ट्रिय शोकको घोषणा गरिएको छ।
यो आक्रमण मंगलबार देशको दक्षिण पश्चिमी क्षेत्र मालीनजिकै सीमामा भएको थियो।
नाइजेरियन सरकारका अनुार उक्त आक्रमणमा स्थानीय मेयर र आत्मरक्षाका लागि गठित मिलिसिया समूहका नेता मारिएका हुन्। आक्रमणमा बाँचेकाहरूको खोजी भइरहेको छ।
अहिलेसम्म उक्त आक्रमणको जिम्मेवारी अहिलेसम्म लिएको छ।
हमलापछि आक्रमणकारीहरू सीमा कटेर मालीमा भागेको र आफ्ना सदस्यको शव पनि साथै लिएर गएको बीबीसीले जनाएको छ।
