सल्यान बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, घाईते ३ जनालाई हेलिकप्टरबाट काठमाडौं रिफर गरियो
सुर्खेत । आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । सल्यानको जयपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ८ जनाको घटना स्थलमै मृत्यु भएको हो भने अन्यको उपचारका क्रममा मृत्यु भएको सल्यानका प्रहरी नायव उपरिक्षक गोविन्द थापाले रातोपाटीलाई जानकारी दिए ।
३१ जना सवार बसमा १२ मध्ये बाँकी सबै घाइते रहेका छन् । घाइते तीन जनालाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठाईएको छ।
प्रहरीका अनुसार बस धेरै स्पिड र जिर्ण सडकका कारण दुर्घटनामा परेको हो। बस सडकबाट २ सय मिटर तल खसेको र बस चालक अझै फरार रहेको बताइएको छ। चालकको खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
