भारतमा बस र ट्रक ठोक्किँदा भयो भयानक आगलागी, ११ जनाको मृत्यु (भिडिओ)
भारतको राजस्थान राज्यअन्तर्गत बाडमेर जिल्लास्थित जोधपुर राष्ट्रिय राजमार्गमा बुधबार बिहान बस र ट्रक ठोक्किँदा भयानक आगलागी भएको छ। जसमा परी ११ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
बाडमेर प्रहरी अधीक्षक एसपी दीपक भार्गवले बीबीसी हिन्दीसँग भनेका छन्, ‘दुवै सवारीसाधन आगोले जलेर नष्ट भएका छन्। ट्रकको ड्राइभर साइडबाट जलेको एउटा शव निकालिएको छ। अहिलेसम्म मृतकको संख्या ११ पुगेको छ।’
यस्तै दुर्घटनामा घाइते भएका २३ जनालाई अस्पताल भर्ना गरिएको छ। मृतकको संख्या बढ्न सक्ने बताइएको छ।
केही भारतीय सञ्चारमाध्यमले भने मृतकको संख्या १२ पुगिसकेको पनि उल्लेख गरेका छन्।
हेर्नुहोस् बस र ट्रक ठोक्किँदा भएको आगलागी तलको भिडिओमा–