प्रधानन्यायाधीश जबराले तोके ७७ मुद्दाको पेशी
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सबैखाले मुद्दाको पेशी तोकेका छन्। बिहीबारका लागि सर्वोच्च अदालतमा ९ इजलासमा ७७ वटा मुद्दाको पेशी तोकिएको छ।
प्रधानन्यायाधीश जबरले आफ्नो एकल इजलाससहित तीन एकल इजलास, एक पूर्ण इजलास र पाँच संयुक्त इजलास तोकेका छन्।
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ। असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने निर्णय गरेका छन्।
यसबीच प्रधानन्यायाधीश जबराले आफ्नो लागि बेञ्च र सबैखाले मुद्दामा पेशी तोक्दै आएका छन्।
