निर्वाचन अधिकृतले राजीनामा दिएपछि सर्लाही कांग्रेसको अधिवेशन अन्यौलमा
निर्वाचन अधिकृतले राजीनामा दिएपछि नेपाली कांग्रेस सर्लाहीमा वडा अधिवेशन अन्यौलमा परेको छ।
कांग्रेसले शनिबार वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो।
निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिएका हुन्। उनले केन्द्रीय निर्वाचन समितिमा राजीनामा पत्र बुझाइसकेका छन्।
उनलाई गत कात्तिक १७ गते केन्द्रीय निर्वाचन समितिले सर्लाही कांग्रेस निर्वाचन अधिकृतको जिम्मेवारी दिएको थियो।
आफू जिल्लाम पुगेर सबैसँग छलफल गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा सबै पक्षसँग सहमति नजुटेको र अधिवेशनको वातावरण नभएकोले राजीनामा दिएको उनले उल्लेख गरेका छन्।
