सुर्खेतमा अटो दुर्घटना : छोरोले चलाएकाे अटाे दुर्घटनामा परी आमाको मृत्यु !
सुर्खेत -सुर्खेतकाे वीरेन्द्रनगरमा शनिबार आफ्नै छोरोले चलाएको अटो दुर्घटनामा परी आमाको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा दैलेखको चामुण्डाविन्द्रासैनीको लयाँटी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ बस्दै आएकी ४४ वर्षीया जुँवारा शाही रहेकी छन् । दुर्घटनामा परी घाइते भएकी उनको उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँका मृ’त्यु भएको हो ।
उनी सवार अटो उनका २४ वर्षीय छोरा रमेश शाहीले चलाउँदै आएका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अटो वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल नजिक कर्णाली राजमार्गमा अनियन्त्रित भएर सडकको कलभर्टमा ठो’कि’ए’को प्रहरीले बताएको छ ।
भे १ ह ८४४ नम्बरको उक्त अटो वीरेन्द्रनगरकै पश्चिम सीमामा पर्ने गिरीघाट तर्फ जान लागेको थियो । दुर्घटनामा परी मृतक जुँवाराका श्रीमान् ५३ वर्षका लक्ष्मीबहादुर शाही र साइलो छोरा २० वर्षीय जगत शाही रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार घाइते भएका चालक रमेश सामान्य उपचारपछि अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । उनका बुबा र भाइ वीरेन्द्रनगर स्थित कर्णाली केयरमा उपचाररत रहेको घर्तीले जानकारी दिए ।
एउटै परिवारका उनीहरू गिरिघाट दान गर्ने भनेर जान लागेको आफन्त शान्ता शाहीले जानकारी दिइन् ।
