एमाले ओली प्राइभेट कम्पनी हो, कांग्रेससँग प्रतिस्पर्धा गर्न सक्दैन: पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमालेले अब कांग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमालेले अब कांग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन्।
पार्टीभित्र असहमति राख्नेहरूलाई अध्यक्ष केपी शर्मा ओलीले निकालिसकेको उल्लेख गरेका पौडेलले असहमति सुन्नै नसक्ने नेता नहुने टिप्पणी गरेका छन्।
‘एमाले भनेको केपी ओलीको प्राइभेट कम्पनी हो। एउटा प्रालिले कसरी कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीसँग प्रतिस्पर्धा गर्न सक्छरु,’ तनहुँको म्याग्दे गाउँपालिका पार्टी समितिले शनिबार गरेको कार्यक्रममा पौडेलले भने, ‘ओलीले आफूसँग असहमत भएका सबैलाई पार्टीबाट निकालिसक्नुभयो। फरक मत सुन्नै सक्दैन भने त्यो मानिस कसरी नेता हुन्छ ?’
एमालेले लोकतन्त्रको संरक्षण गर्न नसक्ने पनि उनको भनाइ थियो। ओलीले दुई तिहाइ मतसहित देशको नेतृत्व गर्दासमेत उपलब्धि हासिल नभएको टिप्पणी उनले गरेका थिए।
‘जनताले दुई तिहाइ मत दिँदा त ओलीले केही उपलब्धि हासिल गर्न सकेको अवस्था रहेन। यो पार्टी निर्वाचनमा गएर के भनेर अब भोट माग्छरु,’ उनले प्रश्न गरे, ‘दुई तिहाइभन्दा बढी के शतप्रतिशत चाहियो भन्नेरु यतिका वर्ष सरकारमा बस्ने जनअपेक्षाअनुसार काम नगर्ने ?’
