मालिका मावि बन्यो, प्रविधिमैत्री विद्यालय
दैलेख । दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका -५ को मालिका मावि प्रविधिमैत्री विद्यालय बनेको छ । एनसेलको आर्थिक सहयोगमा मालिका माविमा सुविधा सम्पन्न कम्प्युटर प्रयोगशाला सञ्चालनमा आएपछि विद्यालय प्रविधि मैत्री बनेको हो ।
एनसेल कम्पनीको करिब ८० लाख लगानीमा रुपैयाँ सहयोगमा विद्यालयमा पहिलोपटक कम्प्युटर प्रयोगशाला ल्याइएको प्रधानाध्यापक महेन्द्रबहादुर शाहीले जानकारी दिए ।
विद्यालयले प्रयोगशालाका लागि आवश्यक फर्निचर, कम्प्युटर शिक्षक र रुम वेइरिङको व्यवस्थापन विद्यालयले आफैँले गरेको हो ।२०७५ सालमा दुरसञ्चार प्राधिकरणले सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापनाको लागि प्रस्तावना माग बमोजिम सो विद्यालयले निर्धारित ढाचामा पेश गरेको थियो ।यस अघि सो विद्यालयमा कक्षा ६ देखी ८ सम्म कम्प्युटर शिक्षा विषय पठनपाठन सैद्धान्तिक मात्र हुने गरेको थियो, भने प्रयोगशाला सञ्चालनमा आएपछि प्रयोगात्मक कक्षा प्रभावकारी ढङ्गले सञ्चालन हुने भएको छ ।

प्रोजेक्टर मार्फत अनलाइन स्रोतहरु प्रयोगमा ल्याउन सकिने र बृहत् ज्ञान अभिबृद्धी गर्न सकिने, प्राविधिक शिक्षाको आधारभूत मानबिय पुर्वाधार तयार हुनाले विश्वास गरिएको छ ।
शिक्षकहरुलाई नविनतम प्रबिधिको प्रयोगमार्फत समयानुकूल हुन र दक्षता अभिबृद्धी गर्न सहयोग पुग्ने, निश्चित कार्ययोजना बनाई विद्यालय सेवाक्षेत्र भित्र यस विद्यालयबाट एसएलसि र एसईई उतिर्ण गरि गएका तर प्राबिधिक सीप नभई बेरोजगार युवाहरुलाई कम्प्युटर सम्बन्धी अधारभुत सीप दिई रोजगार अभिबृद्धी गर्ने,विद्यालयका दस्तावेजलाई डिजिटल अभिलेखिकरण ,डिजिटल प्राविधिको प्रयोग मार्फत दैनिक प्रशासनिक गतिविधी, सुचना सम्प्रेषण कार्य हुने प्रधानाध्यापक शाहीले बताए ।

कम्प्युटर कक्षा सञ्चालन गर्दा विद्यार्थीको उत्तिर्णदर बढ्ने र कक्षा दोहोयाउने र बिचैमा कक्षा छाड्ने दरमा कमि आउने छन भन्ने बिश्वास गरिएको छ । प्रयोगशालाबाट विद्यालयका ४७० जना विद्यार्थी लाभान्वित हुने विद्यालयको विश्वास छ । प्राविधिक शिक्षाको आधारभूत पूर्वाधार सञ्चालनमा आएको बताउँदै प्रधानाध्यापक शाहीले नवीनतम प्रविधिको प्रयोगमार्फत समयानुकूल हुन र दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने छ,उनले भने ।
