न्यायालयभित्रको विवाद कायमै रहे राजनीतिक निकास खोज्छौँ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयको विवादले छिट्टै निकास पाउने विश्वास व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री प्रचण्डले एक दुई दिनभित्र निकास ननिस्कए आफूहरु राजनीतिक निकास खोज्नेतर्फ लाग्ने पनि बताए ।
बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनले यो समस्याको निकास सर्वोच्च अदालतबाटै समाधान हुनुपर्ने निर्णय गरेकोले आफू पनि अहिले सोही पक्षमा रहेको बताए ।
न्यायालयमा देखिएको समस्याको निकास न्यायालयबाटै होस् भन्ने आफूहरुको इच्छा रहेको पनि प्रचण्डले बताए । प्रचण्ड आज महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
