दाजुद्वारा १३ वर्षीया बहिनी बलात्कृत
गुल्मीमा आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । १३ वर्षीया बहिनी बलात्कारकाे आराेपमा दाजु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा इस्मा गाउँपालिका–३ गल्मीका १९ वर्षीय युवक रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बलात्कार आराेपी युवकलाई इस्मा प्रहरीले ३ दिन अघि नै नियन्त्रणमा लिएको हाे।
पक्राउ परेका ती युवकलाई गएराति जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको इस्मा प्रहरीले जनाएकाे छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएकाे छ।
