सत्यमोहन जोशीको पुरानो राहदानी संग्रहालयमा राखिने
संस्कृतिविद् सत्यमोहन जोशीले आफूसँग भएको पुरानो राहदानी ९पासपोर्ट० सरकारलाई बुझाएका छन् ।
परराष्ट्रमन्त्री डा।नारायण खड्काले नेपालको पहिलो विद्युतीय राहदानी ९ई–पासपोर्ट० उपलब्ध गराएपछि डा। जोशीले एमआरपी पासपोर्ट राहदानी विभागका निर्देशक डोरनाथ अर्याललाई हस्तान्तरण गरेका हुन् ।
सरकारले आजदेखि नेपालमा विद्युतीय राहदानी परीक्षण वितरण थालेको छ । परराष्ट्रमन्त्री खड्काले राहदानी वैयक्तिकरण केन्द्र उद्घाटन गरी संस्कृतिविद् जोशीलाई पहिलो ई(पासपोर्ट उपलब्ध गराएका हुन् ।
