परिवार नियोजनको अध्यक्षमा हिमालयलाल कसजु

दैलेख : नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा हिमालयलाल कसजु निर्वाचित भएका छन् । दाङमा सम्पन्न ४१ औँ केन्द्रिय सभाबाट कसजु अध्यक्षमा निर्वाचित भएका हुन् । कसजु २३ मत पाएर अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिष्पर्धी दिवाकरबर श्रेष्ठले १६ मत पाए ।
कुल मतदाता संख्या ४१ रहेको संघको सभामा ३९ मत खसेको थियो । ‘कुल ४१ मतदाता संख्या रहेको संघको सभामा ३९ मत खसेको थियो,’ मुख्य निर्वाचन अधिकृत दिपक कुमार रेग्मीले भने ‘यो मध्य २३ मतका साथ कसजु अध्यक्षमा निर्वाचित हुनु भयो ।’
यसैगरि अध्यक्ष सहित अन्य ९ सदस्यका लागि पनि निर्वाचन भएको थियो । जसअनुसार महिला सदस्यमा सीताकुमारी राना, ज्योतीकुमारी श्रेष्ठ, ईन्द्रलक्ष्मी श्रेष्ठ, र निर्मला गौतम रेग्मी निर्वाचित भए । महिला सदस्यमा निर्वाचित दैलेखकी सीता कुमारी रानाले सबै भन्दा बढि ३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए ।
यसैगरि खुला सदस्यमा निगम श्रेष्ठ, अर्जुन सिग्देल र कृष्णप्रसाद पाठक निर्वाचित भए । यसैगरि युवा सदस्यहरुमा भगिरथी भट्ट र माला न्यौपाने निर्वाचित भएको मुख्य निर्वाचित अधिकृत रेगमीले जानकारी दिए । उनका अनुसार अध्यक्ष सहित १० पदका लागि १७ जनाको उम्मेदवारी परेको थियो । संघको बिधान अनुसार निर्वाचति सदस्यहरु मध्यबाट एकजना उपाध्यक्ष, एकजना महासचिव र एकजना कोषाध्यक्ष मनोनित हुने छन् ।