महामन्त्री शाही कर्णाली प्रदेशको सभापति बन्दै
नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले कर्णाली प्रदेशको सभापति लड्ने घोषणा गर्नुभएको छ।
नेपालको कान्छो जिल्ला कालिकोटमा जन्मनु भएका नेता शाही विद्यार्थी राजनीति देखिनै तेजिलो स्वभावको हुनुहुन्थ्यो।
भर्खरै स्थापना भएको वीपी स्ट्डी युथ सर्कलका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ नेता शाही।कर्णाली प्रदेशमा कालिकोट सहित १० जिल्ला रहेका छ्न।
केन्द्रमा अत्यन्तै प्रभाव भएका नेता शाहीलाई धेरैले साथ दिने अनुमान गरिएको छ।आगमन खबरसँग कुराकानी गर्दै शाहीले भने”म जित्नको लागी मैदानमा उत्रिएको हौं मलाई सबै प्रदेश प्रतिनिधिहरु नेता तथा साथीहरूले साथ दिई रहनुभएको छ”म खुशी छु सबैलाई धन्यवादको साथमा अपेक्षा भन्दै नेता शाहीले आगमन खबरलाई धन्यवाद दिनुभयो।
भुपेन्द्रजंग शाही युवाहरूको ढुकढुकी र प्रेरणाको स्रोत हुनुहुन्छ।उहाँ कसैलाई पनि विश्वासघात नगर्ने नेताको रूपमा स्थापित हुनुहुन्छ।
नेता शाही निरन्तर गाउँदौडामा हुनुहुन्छ।
