Skip to main content

गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १६६ जनामा गरिएको नमूना परिक्षणमा २१ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १० महिला र ११ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १८,स्याङजा १ र नवलपरासी पूर्वमा २ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ८२४ पुगेको छ ।

गण्डकीमा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–३० की ७१ बर्षिय महिला, पोखरा महानगरपालिका–२२ का ६३ बर्षिय पुरुष र लमजुङको कोल्हासोथार गाउँपालिका–७ की ४८ बर्षिय कोरोना संक्रमित महिला रहेका छन् । उनीहरु तीनै जनाको पोखरास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ ।

प्रदेशमा पछिल्लो चौबिस घण्टामा ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार २२८ पुगेको छ भने होम आइसोलेसनमा १५७ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १८४ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: