काँग्रेस महाधिवेशन : दैलेखका दुइवटै क्षेत्रमा मतदान सकियाे
दैलेख । नेपाली काँग्रेस दैलेखकाे आज भएकाे निर्वाचनकाे मतदान प्रकृया सम्पन्न भएकाे छ । काँग्रेसकाे १४ औं महाधिवेशन अन्तरगत दैलेखकाे दुइ वटै प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन सम्पन्न भएकाे हाे ।
निर्वाचन क्षेत्र नं. १ मा आठ सय ४० क्षेत्रीय प्रतिनिधिमध्ये ८११ मत खसेकाे छ ।
यस्तै, निर्वाचन क्षेत्र नं. २ मा सात सय ७६ प्रतिनिधिमध्ये सात सय ५६ मत खसेको निर्वाचन समितिले जनाएकाे छ ।
निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भएका दुइ वटै क्षेत्रकाे केहिबेरपछि मतगणना सुरू हुने छ ।
दैलेख निर्वाचन क्षेत्र नं. १ मा डुंगेश्वर गाउँपालिकाका अध्यक्ष समेत रहेका नगेन्द्र बहादुर मल्ल (संस्थापन पक्ष) र दशरथ खड्का (संस्थापन ईतर)को प्यानलबीच निर्वाचनमा प्रतिस्पर्धा भैरहेकाे छ ।
