केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खड्का विजय
सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा भारी मतका साथ विजयी भएका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सुर्खेतमा भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनमा महामन्त्री खड्काले ७ सय ३६ मत ल्याएर विजयी भएका हुन् ।
खड्काले मंगलबार खुला पुरुषतर्फ सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए ।
