दैलेख क्षेत्र नं. २ को सभापतिमा भरतप्रसाद रिजाल निर्वाचित
सुर्खेत । नेपाली काँग्रेस दैलेख क्षेत्र नं. २ को सभापतिमा भरत प्रसाद रिजाल विजय भएका छन् । उनले ३९९ मत प्राप्त गरेका छन् । रिजाल संस्थापन (देउवा) पक्षका हुन् ।
उनका प्रतिस्पर्धी मात्रिका प्रसाद रिजालले ३५२ मत प्राप्त गरेका थिए ।
क्षेत्रीय कार्यसमिति सचिवमा नैन बहादुर शाहीले ४०४ र सुर्य बहादुर शाहीले ३६५ मत प्राप्त गरी विजय हासिल गरेका छन् भने सह सचिवमा प्रकाश कुमार शाहीले ३८४ र मदन बहादुर शाहीले ३४९ मत प्राप्त गरी विजय भएका छन् ।
यस्तै, सदस्यमा दिपेन्द्र कुमार बमले ३१६, नाम बहादुर शाहीले ३२३, पवन कुमार थापाले ३२८, शुसिला खनालले ३४१, अञ्जु विकले ३५३, प्रेम प्रकाश आचार्यले ३६६, मान बहादुर शाहीले २७८, रामेश्वर जैसीले २८५, शर्मिला कुमारी शाही चन्दले ३७६ र शारदा कुमारी शाहीले ३६७ मत प्राप्त गरी विजय भएका हुन् ।
साथै, केन्द्रीय महाधिवेशन प्रतिनिधिकाे मत परिणाम सार्वजनिक हुन बाँकी छ ।
