Skip to main content

जिल्लाको विकासबारे मुख्यमन्त्रीले लिए ब्रिफिङ

सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको भौतिक पूर्वाधार विकासका बारेमा कर्मचारीबाट जानकारी लिएका छन् । गएको बुधबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकमा शाहीले कर्णालीका १० वटै जिल्लाका सडक डिभिजन कार्यालयका प्रमुखबाट कार्यप्रगति र अबस्थाको बारे जानकारी लिएका थिए ।

भौतिक तथा भर्चुअल माध्यमबाट पुर्वाधार विकास निर्देशनालय सुर्खेत, १० वटै जिल्लाका पुर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय जुम्ला र रूकुम पश्चिमका कार्यालय प्रमुखहरूवाट प्रदेशभरी रहेका समस्याग्रस्त एवं रुग्ण आयोजनाहरूका बारेमा मुख्यमन्त्री शाहीले जानकारी लिएको सचिवालयले जनाएको छ ।

कार्यालय प्रमुखबाट जानकारी लिएपछि मुख्यमन्त्री शाहीले समस्याग्रस्त आयोजनाहरूको समस्या समधानका लागि प्रमुख सचिव, सम्वन्धित मन्त्रलयका सचिव र आर्थिक मामिला सचिवलाई अविलम्व कार्य योजना तयार गर्न र नियमित फलोअप गरि दैनिक साप्ताहिक रिपोर्टिग गर्न निर्देशन दिर्नेशन दिएका छन ।

साथै आयोजनाको कार्यान्वयनमा भइरहेको ढिलासुस्ती, प्रगतिका बाधक हटाऊनका लागि सहयोग रहने सबै जिल्लाका प्रमुखलाई आश्वस्त पार्दै राम्रो कामको जस कर्मचारीलाई दिने र कमजोरीको अपजस सरकारले लिने भन्दै द्रुत गतिमा काम गर्न निर्देशन पनि दिएका थिए । मुख्यमन्त्री बनेको झण्डै तीन हप्तासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेका मुख्यमन्त्री शाहीले कर्मचारीबाट रिर्पोटिङ लिने र निर्देशन दिने काम मात्रै गरिरहेका छन् ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: