यस्तो देखियो एमाले दसौं महाधिवेशनको उद्घाटन (तस्बिरहरू)
नेकपा एमालेको दसौं महाधिवेशन चितवनमा सुरू भएको छ।
महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डात्तोलन गरी सुरू गरेका हुन्।

नारायणघाटको नारायणी किनारमा बनाइएको मञ्चमा उद्घाटन समारोह आयोजना गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले मञ्चबाट रिमोट थिचेर झन्डोत्तोलन गरेर महाधिवेशन उद्घाटन गरेका छन्।
ओलीले रिमोर्ट थिचेर एमालेको झन्डा, नेपालको राष्ट्रिय झन्डा र पार्टीको चुनाव चिन्ह सूर्य अंकित झन्डा उत्तोलन गरेका हुन्।
झन्डोत्तोलन गरेर महाधिवेशन उद्घाटन गरेपछि एमाले अध्यक्ष ओलीले नारायणी किनारमा बनाइएको एकसिङे गैंडाको मस्कट पनि अवलोकन गरेका थिए।





