दैलेख काँग्रेसमा भण्डारी र रेग्मी प्यानल चुनावी मैदानमा
सुर्खेत । नेपाली काँग्रेस दैलेखका लागि घनश्याम भण्डारी र मणिराम रेग्मीको प्यानल चुनावी मैदानमा होमिएको छ । संस्थापन (शेर बहादुर देउवा) समुहबाट भण्डारी र संस्थापनइतर (रामचन्दै पौडेल) समुहबाट रेग्मीको प्यानल निर्वाचनमा प्रतिस्पर्धाका लागि जुटेको हो ।
घनश्याम भण्डारी सभापति रहेकाे प्यानलबाट उपसभापतिमा बखत बहादुर कटुवाल र गणेश कुमार शाही, सचिवमा रत्न बहादुर शाही र हेम शंकर शर्मा अधिकारीको उम्मेदवारी रहेको छ ।
यस्तै, भण्डारीको प्यानलबाट सह–सचिवमा धिरेन्द्र सापकोटा र ईश्वर कुमार थापा उम्मेदवार रहेका छन् ।
यसैगरि रेग्मी सभापति रहेकाे प्यानलबाट उपसभापतिमा रिता शाही र नमराज शाही, सचिवमा खेम वली र नारायण रेग्मी उम्मेदवार छन् भने सहसचिवमा महेन्द्र बहादुर शाही (चट्टान) र कनक बहादुर सेनको उम्मेदवारी रहेको छ ।
साथै, अन्य सदस्य पदका लागि दुई वटै प्यानलबाट उम्मेदवारी दर्ता भएको छ ।
