५२ जिल्लाको परिणाम, पौडेल पक्षको अग्रता (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५३ जिल्लाका सभापतिको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २३ जना सभापतिहरू निर्वाचित भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले २६ जिल्लामा सभापति जितेको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलानिकट एकजना जिल्ला सभापतिमा निर्वाचित भएका छन् । सर्वसम्मत रूपमा सभापति बनेका २ जिल्ला सभापतिले आफ्नो पक्षधरता खुलाएका छैनन् ।
हेर्नुस् कुन जिल्लामा कुन पक्षले जिते जिल्ला सभापति:
देउवा पक्षले जितेका जिल्ला र सभापति:
- लमजुङ, सभापति टकराज गुरूङ
- सल्यान, सभापति केशवबहादुर विष्ट
- डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही
- डडेल्धुरा, सभापति भीमबहादुर साउद
- म्याग्दी, सभापति खमबहादुर गर्बुजा
- ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
- मुगु, सभापति ऐनबहादुर शाही
- पाँचथर, सभापति रूपनारायण जवेगु
- मनाङ, सभापति शंकर गुरूङ देउवा
- हुम्ला, सभापति मोहनविक्रम सिंह
- बझाङ, सभापति खड्क बोहरा
- रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ
- जुम्ला, सभापति कर्णबहादुर शाही
- डोटी, सभापति नरेन्द्रबहादुर सिंह
- रूकुम पश्चिम, सभापति प्रेमप्रकाश वली
- ओखलढुंगा, सभापति तेजेन्द्र खनाल
- पर्वत, सभापति युवराज जोशी
- इलाम, सभापति डम्बरबहादुर खड्का
- सुर्खेत, सभापति खड्ग पोखरेल
- रूपन्देही, सभापति रामकृष्ण खाण
- कास्की, सभापति किशोरदत्त बराल
- काभ्रे, सभापति तीर्थ लामा
- तनहुँ, सभापति जितप्रकाश आले
- ललितपुर, सभापति जितेन्द्रकुमार श्रेष्ठ
- कञ्चनपुर, सभापति पदम बोगटी
वरिष्ठ नेता पौडेल पक्षले जितेका जिल्ला र सभापति:
- प्युठान, सभापति विष्णुकुमार गिरी
- अर्घाखाँची, सभापति केशव श्रेष्ठ
- रोल्पा, किशोर आचार्य
- बैतडी, सभापति चतुरबहादुर चन्द
- दोलखा, सभापति बर्मा लामा
- गोरखा, सभापति नन्दप्रसाद न्यौपाने
- कालिकोट, सभापति अम्बबहादुर शाही
- संखुवासभा, सभापति दीपक खड्का
- रूकुमपूर्व, सभापति केशरमान रोका
- मुस्ताङ, सभापति रोमीगौचन थकाली
- भोजपुर, सभापति विनोद वान्तवा
- बाजुरा, सभापति रामसिंह रावल
- तेह्रथुम, सभापति अर्जुन तुम्बाहाम्फे
- नवलपरासी पश्चिम, सभापति अर्जुनकुमार पोखरेल
- पाल्पा, सभापति हिमालदत्त श्रेष्ठ
- स्याङ्जा, सभापति राजु थापा
- खोटाङ, सभापति विष्णुकुमार राई
- दार्चुला, सभापति ललितसिंह बोहरा
- नुवाकोट, सभापति रमेश महत
- दाङ, सभापति शंकरप्रसाद डाँगी
- दैलेख, सभापति मणिराम रेग्मी
- गुल्मी, सभापति खिलध्वज पन्थी
- काठमाडौं, सभापति कृष्णसबुज बानियाँ
- धादिङ, सभापति रामनाथ अधिकारी
- सुनसरी, सभापति केदार भण्डारी
पूर्वमहामन्त्री सिटौला पक्षले जितेका जिल्ला र सभापति:
- झापा, सभापति देउमान थेवे
पक्ष नखुलेको:
- जाजरकोट, सभापति बेदराज सिंह
