एमाले महाधिवेशन २ हजार ११४ मत खस्यो , परिणाम आउन ३ घण्टा लाग्ने
सौराहा । भएको मतदान साढे १० बजेपछि सकिएको हो। विहान १० बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समयमा एमाले निर्वाचन आयोगले आधा घण्टा समय थप गरेको थियो। एमाले निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार मतदानमा २११४ मत खसेको छ। उनका अनुसार २१५३ जना प्रतिनिधि थिए। यसअघि एमालेले २१७५ जना प्रतिनिधि रहेको जनाएको थियो।
कार्यव्यस्तताका कारण कतिपयले महाधिवेशन छाडेर फर्किसकेकाले केही कम मत खसेको जनाइएको छ। ५० वटा क्लस्टरमा मतदान गर्नुपर्नेमा ४० वटामा निर्विरोध भएपछि १० वटा क्लस्टरमा मात्र भोटिङ भएको थियो।
