Skip to main content

नेयमार ८ साता मैदान बाहिर, च्याम्पियन्स लिगसहित ८ खेल गुमाउने

खुट्टाको लिगामेन्टको चोटबाट गुज्रिएका फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएफस) का स्टार नेयमार ८ साता मैदान बाहिर हुने भएका छन्।

जियोफरोए जिओचार्ड स्टेडियममा आईतबार राति लिग वान अन्तर्गत सेन्ट ईटिनविरुद्धको खेल दौरान नेयमार घाइते भएका थिए।

८ साता मैदान बाहिर हुने भएपछि उनले ७ वटा लिग वान खेल र एउटा च्याम्पियन्स लिगको खेल गुमाउने भएका छन्।

नेयमारका चोटको विषयमा बोल्दै क्लबले ७२ घन्टापछि थप अपडेट गर्ने बताएको छ।

घरेलु लिगमा पिएसजीले दोस्रो स्थानको रेनससँग १२ अंकको अग्रता बनाएको छ। यसअघि समूहमा शीर्ष दुई भित्र रहँदै च्याम्पियन लिगको अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: