दैलेखका ९ पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन
दैलेख । नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन अन्तर्गत दैलेखका ९ वटा स्थानीय तहहरुमा नयाँ नेतृत्व चयन गरेको छ । सोमबार भएको अधिवेशनले जिल्ला ११ पालिकामध्ये ९ पालिकाले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
जिल्लाको नौमुले गाउँपालिकामा छवी सुवेदी, भगवतीमाई गाउँपालिकामा नरेन्द्र सिंह, डूङ्गेश्वर गाउँपालिकामा श्याम राना, र दूल्लु नगरपालिकामा टेक बहादूर खड्का पालीका अध्यक्षमा चयन गरिएको नेकपा माओवादी केन्द्र दैलेखका संयोजक प्रेम बहादुर कटुवाल (वीरवल) ले मध्यान्हलाई जानकारी दिए ।
यस्तै भैरवी गाउँपालिकामा गोपाल रिजाल, चामुण्डा विन्द्रासैनी नगरपालिकामा रण बहादूर खड्का, आठबिस नगरपालिकामा बसन्त बस्नेत, ठाटीकाँध गाउँपालिकामा उमेश कुमार रावत र नारायण नगरपालिकामा तारा केशर धमला अध्यक्षमा चयन भएका छन् ।
यस्तै नेतृत्व चयन हुन बाँकी रहेको जिल्लाको माहाबु गाउँपालिकामा मंगलबार र गुराँस गाउँपालिकामा बुधबार नेतृत्व चयन गर्ने कार्यतालिका रहेको संयोजक कटुवालले जानकारी दिए ।
