Skip to main content

अध्यक्ष पदमा ओली भारी मतान्तरले विजयी

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् । आज बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले उनका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित बनेका हुन् । ओलीले १८४० र रावलले २२३ मत ल्याए । यस्तै ३३ भोट भने खाली भएको बताइएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले रातोपाटीलाई भने, ‘भारी मतान्तरले केपी शर्मा ओली विजयी हुनुभएको छ । अब केही बेरमा सम्पूर्ण नतिजा प्रकाशित गर्छौँ ।’ आयोगले औपचारिक मत परिणाम भने अझै घोषणा गर्न बाँकी रहेको छ । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: