आजको पञ्चाङ्ग एवम् राशिफल
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ मार्गशीर्ष १५ गते बुधबार तद्अनुसार सन् २०२१ दिसम्बर १ तारिख मार्गशीर्ष कृष्णपक्ष द्वादशी तिथि चित्रा नक्षत्र सौभाग्य योग कौलव करण आनन्दादिमा काल योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः३८ मा भयो र सूर्यास्त साँझ १७ः६ मा हुनेछ । विश्व एड्स दिवस ।
आजको राशिफल
मेष – समय शुभ फलदायक छ । व्यापारमा प्रशस्त फाइदा होला । अवसरवादीले फसाउन सक्छन्, होस पुर्याउनुहोला । आफ्नो योजना गुप्त राख्नुहोला । अरुबाट सहयोगको आशा नराख्नु हितकर होला । बौद्धिक र सृजनात्मक काम बन्नेछ । रोकिएको काममा सफलता हासिल हुनेछ ।
वृष – आश्वासन बाँड्नेले झुक्याउन सक्छन् । नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । तथापि, रोकिएका काम सम्पादन हुनेछ । धनसम्पत्ति बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मान बढ्ला । विजय प्राप्त हुनेछ ।
मिथुन – प्रेममा सफलता प्राप्त हुनेछ । दाम्पत्य जीवन रमाइलो रहला । इष्टमित्र, सन्तानको सुख प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । आम्दानी बढ्नेछ ।सिर्जनात्मक कार्य हुनेछन् । रचनात्मक र बौद्धिक क्षमता बढ्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ ।
कर्कट – व्यस्तता बढ्नेछ तर चुनौती पन्छिनेछन् । ऋण रोग र शत्रुप्रति ध्यान राख्नुपर्नेछ । मान महत्वमा भने कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हितकर रहला ।
सिंह – पुराना समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा पनि ध्यान राख्नुहोला । विशेष प्रयासले काम बन्नेछ । प्रेममा सफलता हासिल हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख बढ्नेछ । खर्चमा कमी आउनेछ । हासविलासमा रुचि बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।
कन्या – सहयोग र उपहार प्राप्त होला । नयाँ कामको प्रस्ताव आउला । दुःखमा साथ दिनेहरू भेटिनेछन् । मिहीनेतले सफलता प्राप्त हुनेछ । शुभ र भाग्यवर्द्धक काममा प्रवृत्त रहनु हितकर हुनेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । ख्याति फैलिनेछ । व्यस्तता बढ्नेछ ।
तुला – आशा उत्साह बढ्नेछ । चुनौती आफै हट्नेछ । आश मारेको काम पनि बन्नेछ । यात्रामा सफलता मिल्ला । आफन्तको साथ प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । सन्ततिसुख बढ्नेछन् । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
वृश्चिक – कामको चापबाट विश्राम मिल्नेछ । मान महत्व बढ्नेछ । आफन्तको साथ प्राप्त होला । हुलमुलमा धनमाल हराउन सक्छ, ध्यान राख्नुहोला । यात्राको योग छ । ऐश्वर्य अभिवृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ ।
धनु – धनलाभको योग छ । अरुलाई आश्वासन दिने प्रवृत्तिले दुःख प्रदान गर्ला, सोचेर व्यवहार गर्नुपर्ला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान भेटिनेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ ।
मकर – लेनदेनमा विवाद परे पनि अर्थ आर्जन होला । सवारी साधनमा सावधानी अपनाउनुहोला । असल नियतले गरेको कार्यमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तानसुख बढ्ला । उन्नति हुनेछ । मान महत्व बढ्ला ।
कुम्भ – बोलीको प्रभाव बढ्ला । अरुको मन जित्न सकिनेछ । काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद र भ्रमणमा रुचि बढ्ला । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ । अर्थ आर्जन हुनेछ ।
मीन – व्यवसायमा लाभ मिल्नेछ । प्रियजनसँग भेट हुनाले दिन रमाइलो रहला । स्वास्थ्यप्रति भने सजग रहनुपर्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रशन्न भैजानेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखको बस्तुमा खर्च बढ्ला । जीवनसाथीको साथ प्राप्त होला ।
