बुधबारदेखि एक महिनासम्म दैलेख–सुर्खेत सडक अवरुद्ध हुने
सुर्खेत । बुधबारदेखि दैलेख–सुर्खेत सडक एक महिनासम्म अवरुद्ध हुने भएको छ । बुधबार मंसिर १५ देखि पौष १५ गतेसम्म सडक अवरुद्ध हुने भएको हो ।
दैलेख–सुर्खेत सडक खण्ड अन्तरगत गुराँस गाउँपालिकाको गाईबान्ना (घाम ताप्ने) भिरमा चट्टान काटी सडक फराकिलो गर्नुपर्ने भएकोले सडक अवरुद्ध गराइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
कार्यालयका अनुसार यसअवधिमा साना सवारी साधन (जिप, कार र मोटरसाइकल) आउ–जाउ हुनेछन् भने यी बाहेकका अन्य यात्रुवाहक र मालबाहक सवारी साधनहरुलाई सुर्खेतदेखि बांगेसिमल, तल्लो डुंगेश्वर हुँदै माथिल्लो डुंगेश्वर सडक खण्ड प्रयोग गर्न कार्यालयले पत्राचार समेत गरेको छ ।

