कर्णाली प्रदेशसभाको बैठक : मुख्यमन्त्रीले पेश गरेको प्रस्तावमा छलफल
सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक सुरु भएको छ ।
बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मतका लागि मंगलबारको प्रदेशसभाको बैठकमा पेश गरेको प्रस्ताव माथि छलफल सुरु भएको हो ।
आजै प्रस्तावमाथि छलफल सम्पन्न हुने र विश्वासको मतमाथि मत विभाजन हुनेछ ।
बैठकमा भने प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित भएको छैन् । एमाले महाधिवेशनका कारण बाहिर भएकाले उपस्थित हुन नसकेको उनीहरुले बताएका छन् ।
