यी हुन् कर्णालीमा सह-महामन्त्रीसम्मका उम्मेद्वार
शनिबार विहान ७ बजेसम्म उम्मेदवारी उम्मेद्वारी फिर्ता हुने
सुर्खेत । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशन कर्णालीमा विहिबारदेखि सुरु भएको छ । प्रदेश सभापतिका लागि तीन जनाले उम्मेद्वारी दिएका छन् । शुक्रबारसम्म सभापतिका लागि तीन जनाले उम्मेद्वारी दर्ता गराएको निवार्चन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार, महामन्त्रीका लागि पाँच जनाले उम्मेद्वारी दर्ता गराएका छन् । सहमहामन्त्रीका लागि ६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । जस मध्ये चारजना पुरुष र दुई महिला छन् ।
शुक्रबार साँझ ५ :४५ देखि ७ बजेसम्म दाबी विरोध रहने भएको निर्वाचन समितिले बताएको छ । शनिबार बिहान ७ बजेसम्म उम्मेदवारी उम्मेद्वारी फिर्ता हुनेछ । निर्वाचन समितिले सभापतिको उम्मेदवारका लागि १५ हजार अन्य पदाधिकारीको लागि ११ हजार र सदस्यका लागि ५ हजार शुल्क लिएको जानकारी गराएका छन् ।
कर्णालीमा विशेष तय तीन समूह मैदानमा आएको छ । देउवा समूह, पौडेल समूह र निधि समूह मैदानमा आएको छ । देउवा समूबाट ललितजंग शाहीले उम्मेद्वारी दिएका छन् । पौडेल समूहबाट भुपेन्द्रजंग शाहीले उम्मेद्वारी दिएका छन् भने निधि समूहबाट मोतिराज बमले उम्मेद्वारी दर्ता गराएका छन् ।
निर्वाचन समितिले उपलब्ध गराएको विवरण यस्तो छः
सभापति :
– ललितजंग शाही
– भुपेन्द्रजंग शाही
– मोतिराज बम
उपसभापतिमा :
– कालीबहादुर सहकारी
– सनतकुमारी कार्का
– देबेन्द्रबहादुर शाही
– तिलकबहादुर भण्डारी
महामन्त्रीमा :
– निरञ्जन केसी
– कृष्णकुमार रोकाया
– कृष्णबहादुर वीसी
– खगेन्द्रबहादुर मल्ल
– गोविन्दबहादुर कोइराला
सहमहामन्त्री पुरुषतर्फ :
– उपेन्द्रबहादुर थापा
– एकराज डांगी
– नेत्रलाल पौडेल
– जयनन्द उपाध्याय
सहमहामन्त्री महिलातर्फ :
– रामछायाँकुमारी शाही
– देविकाकुमारी सिँह
