राजेन्द्र लिङ्देनले आज बिहान ११ः५४ बजे पदभार ग्रहण गर्ने
सुर्खेत, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज सोमबार पदभार ग्रहण गर्दैछन्।
उनले आज बिहान ११ः५४ बजेको शुभसाइतमा पार्टी कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन्। उनी कमल थापालाई पराजित गरेर राप्रपाको अध्यक्ष बनेका हुन्।
अध्यक्ष बनेलगत्तै उनले देशलाई राजतन्त्र चाहिएको र आफ्नो नेतृत्वमा पार्टीले सो एजेण्डालाई उठाउने बताएका थिए।
