राउटे युवतिका पिडा : विवाह गर्न मन छ, उमेर पुगेको पुरूष छैन
दैलेख । गैरराउटे समुदायले प्रणय दिवस मनाईरहँदा नेपालको सम्पदा मानिने राउटे समुदायकी युवती भने विहेका लागि भने जस्तो पुरुष नपाईने चिन्तामा थिए । प्रेमदिवसबारे बेखवर यो समुदायकी युवतीलाई जात मिल्ने केटो नपाउँदा विहेवारी हुदैनकी भनेर चिन्ता लाग्न थालेको छ ।
प्रेम दिवसको वारेमा जानकार नभएपनि राउटे समुदायका युवा युवती प्रेमबारे जानकार छन् । जात नमिलेकै कारण कतिपय उमेर पुगेका युवतिहरु अविवाहित छन् । सुर्खेत जिल्लाको जंगलमा बस्दै आईरहेकी राउटे समुदायकी युवती विमला शाहीले आफ्नो समुदायमा जात मिल्ने केटा नहुँदा कहिले विहे हुने हो भनेर चिन्ता लाग्न थालेको बताइन् ।
शहर बजारका तन्नेरी पुस्ता प्रेमदिवसमा रमाईरहँदा सुर्खेत जिल्लाको जंगलमा बस्दै आएका राउटे युवा युवती भने पुरानै दैनिकी धान्दै थिए । प्रेमदिवस के हो हामीलाई केही पनि थाहा छैन ।’ राउटे समुदायका युवा दिपक शाहीले बताए ।
राउटे युवती मात्र होइनन् । श्रीमान् गुमाएकी ३४ वर्षिय परु शाहीको पनि उस्तै पिडा छ । राउटे समुदायमा जात नमिल्दा विहेका लागि पुरुष नभेटिँदा अविवाहित बस्नुपरेको बताउछिन् ।
