अछाममा मोटरसाईकल दुर्घटना परी एक जनाको मृत्यु
सुर्खेत । हिजो राति अछाममा मोटरसाईकल दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । अछामको कमलबजार नजिक हात्तीबाँझमा मोटरसाईकल दुर्घटना भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल ले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरी टोली घटना स्थल तर्फ प्रस्थान गरीसकेको र प्रहरीको अध्यान पश्चात थप जानकारी आउने उहाँले बताउनुभयो ।

