दैलेखका विद्यार्थीलाई आयुर्वेद तथा याेग शिक्षा
दैलेख। दैलेखका विद्यार्थिलाई आयुर्वेद शिक्षा दिइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेख विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम गरिएको हो।

स्वास्थ्य केन्द्रको आयोजना र विद्यालयहरुको समन्वयमा ३ वटा विद्यालयमा कार्यक्रम गरिएको छ । मंसिर १८ गतेबाट सुरु भएको कार्यक्रम १९ गते जयदेवी माध्यमिक विद्यालय दुल्लु नगरपालिका–६ छिउडीपुसाकोट, २१ गते पंचकोशी ज्वाला माध्यमिक विद्यालय दुल्लु नगरपालिका १० गमौडी तथा २३ गते रेडक्रस माध्यमिक विद्यालय नारायण नगरपालिका–६, भूर्ति मा सम्पन्न भएको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका निमित्त कार्यालय प्रमुख रामप्रसाद महत्तोले जानकारी दिए ।

माध्यामिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई आयुर्वेद सम्वन्धि ज्ञान दिन कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको कार्यक्रम अनुसार आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम ३ वटा विद्यालयमा सम्पन्न गरेको छ ।

तिन वटा विद्यालयका करीव २५० जना विद्यार्थीहरुलाई आयुर्वेदको परिचय आयुर्वेद औषधिको बारेमा जानकारी, योग शिक्षा, जडिवुटीबारेमा जानकारी, दिनचर्या र रात्रिचर्या, ऋतुचर्या, आहार शैली र आयुर्वेदीय जीवनशैली तथा जडीबुटीको बारेमा जानकारी गराईएको स्वास्थ्य केन्द्र दैलेखका डा. प्रज्ञा उपाध्यायले जानकारी दिइन् । उनका अनुसार प्रदेश सरकारको कार्यक्रम अनुसार जिल्लाका ३ वटा विद्यालयमा यो बर्षको कार्यक्रम सम्पन्न भएको छ ।

