सुचनाको लहर फैलाउदैँ कोपिला भ्यालि
सुर्खेत । सुर्खेतमा कोपिला भ्यालि सामुदायिक सुचना केन्द्र स्थापना भएको छ । कोपिला भ्यालि समाज र विरेन्द्रनगरको सहकार्यमा आज औपचारीक कार्यक्रम गरी विरेन्द्रनगर नगरपालिका वडा नं. १ को सामुदायिक सहरी स्वास्थ्य केन्द्रमा सुचना केन्द्रको स्थापना गरिएको हो । उद्घाटन कार्यक्रममा बडा स्थित बिभिन्न टोलका प्रतिनिधि, किशोरी, टोल बिकास समितीका सदस्यहरु, बजार व्यबस्थापन, सामुदायिक बन व्याबस्थापनका प्रतिनीधि, प्रहरी, पत्रकार र बिभिन्न वडाबासीहरुको सहभागिता रहेको थियो ।
नेपालको संबिधान २०७२ को भाग ३ को धारा २७ मा सुचनाको हकलाई मौलिक अधिकारमा राखिएता पनि स्थानिय नागरीकहरुलाई यसबारेमा जानकारी नहुदा आज पनि सर्बसाधारणहरु धेरै सेवा सुबिधाबाट बन्चित हुनुपरेको छ, स्थानियलाई शिक्षा, स्वास्थ्य, आर्थिक, कानुनी, प्रसासनिक, मनोसामाजिक लगायतका बिबिध सुचना प्रदान गर्ने, सबैका समस्या सुनि उचित मार्ग निर्देश गर्ने उदेश्यले कोपिला भ्यालि समाज र विरेन्द्रनगर नगरपालिका १ ले यो नयाँ कार्यको सुरुवात गरेको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै विरेन्द्रनगर वडा नं १ का वडाअध्यक्ष गंगाराम सुनारले “सुचनाको कमीले वडाबाट भैरहेका र हुने कार्यक्रमबारे सबैलाई जानकारी नहुदा आफुहरुले गरिरहेका कार्यक्रम प्रभाबकारी हुन नसकेको उहाँको भनाई छ, सुचना केन्द्रले स्थापना पस्चात यस्ता समस्या समाधान हुने र सबै नागरिकमा सहि सुचना पुग्ने र यस्ता बिभिन्न कार्य गर्न र वडालाई समृद्द बनाउने यहाँका बिभिन्न संघ सस्था, बिधालय र सबैसँग मिलेर काम गर्न वडा र आफु सधै तयार भएको” पनि वडाअध्यक्ष सुनारले बताउनुभयो ।

यस्तै कार्यक्रममा सामुदायिक सहरी स्वास्थ्य केन्द्र प्रमुख नबिन सुनारले “सुचनाको अभाबले स्वास्थ्यमा पनि ्प्रत्यक्ष प्रभाब पारिरहेको बताउनुभयो हामीमा स्वस्थ्य सम्बन्धि सुचनाको कमी छ जसले गर्दा अन्य देशले बिकाशमा फड्को मारिसक्दा पनि हामि भने जहाँको त्यहि छौँ, हामिले अझैपनि स्वास्थ्य सामाग्री, सेनेटरी प्याड, आईरन जस्ता अत्याबश्क सामाग्री बितरणमा समेत समेत समस्या रहेको र यी समस्या समाधान सामुदायिक सुचना केन्द्रले सहयोग पुर्याउनेमा आफु बिश्वस्त रहेको बताउनुभयो ।”

“नागरीकलाई सुरक्षाको प्रत्याभूती गराउन समाजमा शान्ति स्थापनामा गर्न यसले टेवा पुर्याउने” बाङ्गेशिमल प्रहरी इन्चार्ज डिबि बस्नेतले बताउनुभयो यस्तै उहाँले सुचना बिना हामी अन्धकारमा रहेको बताउनुभयो ।

कार्यक्रमका सभाअध्यक्ष तथा कोपिला भ्यालि समाजका प्रबन्ध निर्देशक टोप बहादुर मल्लले “कोपिला भ्यालि सेवा समाजबाट बिभिन्न सामाजि कार्यहरु भेरहेको र यस्तैमा आजको आबश्यकता बुझी आफुहरुले विरेन्द्रनगर नगरपालिका १ सँगको समन्वयमा यहाँको सामुदायिक सहरी स्वास्थ्य केन्द्रमा कोपिला भ्यालि सामुदायिक सुचना केन्द्रको स्थापना गरीएको बताउनुभयो ।”
यति मात्र नभई कोपिला भ्यालि समाजले आमा वुबा दुबै नभएका १८ बर्षमुनिका बालबालिकाको लागि बालगृह बनाएर यस्ता बालबालिकालाई बिधालयको पहुचमा पुर्याई सैदान्तिक तथा व्यबहारिक ज्ञान संगै बिभिन्न सिप सिकाई स्वरोजगार बनाउनमा मद्त गरिरहेको बताउनुभयो ।

“कोपिला भ्यालि समाजले बिधालयमा अध्यानरत सबै बिधार्थिलाई समाजमा घुलमिल हुन सिकाउने र बिधार्थिको पारिवारीक र सामजिक अबस्थालाई बुझेर बिधार्थि तथा अभिभाबकको सामाजिक तथा व्याबहारीक बिकासमा सहयोग पुर्याईरहेको” कोपिला भ्यालि समाजका सामाजिक कार्यकर्ता दिनेश पाण्डेले मध्यपहाडलाई जानकारी दिनुभयो ।
यस्तै कोपिला भ्यालि समाजले बिधार्थि तथा अभिभाबककालाई आधारभुत स्वास्थ्य सेवा दिईरहेको हेल्थ असिस्टेन्ट नबराज चालिसे र कर्मा कुमारी सिंहले बताउनुभयो ।
यस्तै कोपिला भ्यालि सेवा समाजमा रहेका बालबालिका र तिनका अभिभाबकमा आइपर्ने मनोसामाजिक समस्याहरुमा काम गर्दै मनोबिमर्सकर्ता दिपिका पाण्डे, पुर्ण रावतले सबै नागरीकसम्म सुचना पु्र्याउनु आजको आबश्यकता भएको मध्यपहाडलाई बतायनुभयो ।
कोपिला भ्यालि सामुदायिक सुचना केन्दको उद्घाटन कार्यक्रमको सहजिकरण वडा कार्यालय कर्मचारी सुसिला बिकले गर्नुभएको थियो ।

देश संघियतामा गयसंगै अधिकार सम्पन्न स्थानिय तह हाम्रो घरदैलोमा छन् तर पनि स्थानिय तहका काम, कर्तव्य र अधिकार तथा स्थानिय तहले गरिरहेका कामका बारेमा स्थानिय जानकार नहुदा अभैपनि नागरिकले स्थानिय सरकार आफ्नो नजिकै भएको अनुभुति गर्न पाएका छैनन् ।
कोपिला भ्यालि समाज र विरेन्द्रनगर १ सहकार्यमा भएको सामुदायिक सुचना केन्द्र स्थापनासंगै निरन्तर सञ्चालनमा आएमा त्याहाँका नागरीकलाई ठुलो सहयोग पुग्नुका साथै वडाको बिकास र सहकार्यमा मद्त पुर्याउनेमा दुईमत छैन् ।
सामुदायिक सुचना केन्द्र देशैभरका स्थानिय तहमा स्थापना हुन जरुरी छ ।
