पौडेल पक्षको बैठक सुरु, आज सभापतिको उम्मेदवार फाइनल गर्ने
काठमाडौं । नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक सुरु भएको छ । राजधानीको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा सभापतिका आकांक्षी चारै जना नेताहरुसहित केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ।
नेता गगन थापाले आजको बैठकबाट सभापतिको उम्मेदवार टुंग्याइने बताए । बैठकमा सभापतिका चारै आकांक्षीहरु पौडेलसहित प्रकाशमान सिंह, डा शेखर र शशांक कोइरालाको सहभागिता रहेको छ ।
सभापतिमा प्रकाशमानले कुनै पनि हालतमा ब्याक नहुने बताएपछि काँग्रेसको पौडेल समूहमा तनाव छ । यस्तै शेखरले पनि दावी नछाडेपछि नेताहरुले हस्तक्षेप गरेर पौडेललाई नै उम्मेदवार तय गर्नेबारे पनि छलफल भइरहेको छ।
