नौ सय मतगणना सकिँदा गगन थापाले अग्रता बढाउँदै, विश्वप्रकाश पछ्याउदै
काठमाण्डौ नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना चलिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनामा गगनकुमार थापाले सुरुदेखि नै अग्रता लिइरहनुभएको छ ।
नौ सय मत गन्दा उहाँले ५५९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको ३५७ मत छ । यसैगरी प्रदीप पौडेलको ३००, डा। प्रकाशशरण महतको २९७, डा। मिनेन्द्र रिजालको १५३ र डा।राजाराम कार्कीको ३१ मत छ।
