सुर्खेतमा अत्याधिक चिसो, सुरक्षित रहन अपिल
सुर्खेत । सुर्खेत उपत्यपकामा पछिल्लो २४ घण्टामा तपक्रममा भारी गिरावट आएको छ । तापक्रम घटेसँगै अत्यधिक चिसो बढेको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरकाअनुसार मापन गरेको सुर्खेतको तापक्रम दुई दशमलव ९ डिग्रिसेल्सियस रहेको छ । अधिकतम तापक्रम भने २० दशमलव चार डिग्रिसेल्सियस छ । सुर्खेतमा सन् २०१३ को जनवरी ९ तारिकमा माइनस शुन्य दशमलव ७ डिग्रिसेल्सियस तापक्रम मापन भएको कार्यालयसँग रेकर्ड छ ।
यता, जुम्लामा न्युनतम तापक्रम माईनस ६ डिग्रिसेल्सिमा झरेको छ । तर यस अघि सन १९९१ जनवरि ३ तारिकमा माईनस १३।८ डिग्रिसेल्सियस मापन भएको थियो । चिसो केही दिन बढ्न सक्ने भएकोले तातो कपडाहरू लगाउन, दाउरा बालेर न्यानोमा रहन र तातो पानी सेवन गर्न अपिल गरेका छन् ।
