मर्मतका लागि १ महिना बन्द भएको सुर्खेत विमानस्थल आजबाट सञ्चालनमा आउने

सुर्खेत । धाबनमार्ग मर्मतका लागि बन्द भएको सुर्खेत विमानस्थल ६ पुस मंगलबार अर्थात आज बाट सन्चालनमा आउने भएको छ ।
सुर्खेत विमानस्थल मंसिर १० गते देखि बन्द भएको थियो । विमानस्थल आज देखि नियमित सञ्चालनमा आउने भन्दै वायुसेवा कम्पनीहरुले सो विमानस्थलका लागि काठमाडौंबाट टिकट बिक्री समेत खुला गरेका छन् ।
सुर्खेतमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गरिरहेको छ । बुद्धले सुर्खेतमा उडान बन्द भएपछि त्यसको विकल्पका लागि भन्दै नेपालगन्जमा उडान थपेको थियो । सुर्खेतमा हेलिकोप्टरको उडान भने रोकिएको थिएन ।