पहिलो पटक जाजरकोटले पायो केन्द्रीय सदस्य, भारी मतका साथ शाह विजयी
सुर्खेत । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट कर्णाली प्रदेश भुगोल तर्फबाट केन्द्रीय सदस्यमा भारी मतका साथ राजीव विक्रम शाह विजयी हुनु भएको छ ।
उहाँसँगै कर्ण बुढा र जानकी सिंह पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । कर्णाली प्रदेश भुगोल तर्फबाट केन्द्रीय सदस्यमा पाँच जनाको उम्मेदवारी परेको थियो ।
विजेता उम्मेदवारमध्ये शाहले सर्वाधिक मत दुई हजार आठ सय २० पाउनुभयो । अर्कोतिर बुढाले दुई हजार दुई सय मत प्राप्त गर्नुभएको छ । भुगोल तर्फ महिला केन्द्रीय सदस्यमा जानकी सिंहले दुई हजार ६ सय २४ मत ल्याएर विजेता बन्नुभयो ।
समाजसेवाबाट राजनीतिमा आउनु भएका शाह जाजरकोटबाट देशकै पुरानो पार्टी नेपाली कांग्रेसको पहिलो केन्द्रीय सदस्य हुनुभयो । सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार भए पनि शाहले गुट भन्दा माथि उठेर एकताका लागि काम गर्दै आउनु भएको छ ।
