वडा सदस्यको अपराध लुकाउन अध्यक्ष सक्रिय
सुर्खेत । दुल्लु नगरपालिका वडा नं .१३ मा वडा सदस्यले गरेको अपराध लुकाउन वडा अध्यक्ष नै अघि सरेका छन् ।
दुल्लु नगरपालिका वडा नं. १३ को कार्यालयले यहि षौष ८ गते वडाकोे आधिकारिक लेटरप्याडमा जारी गरेको प्रेश विज्ञप्तीमा वडा सदस्यको गल्तिलाई ढाकछोप गर्न खोजेको स्पष्ट देखिन्छ ।
विज्ञप्तीमा लेखिए अनुसार दुल्लु नगरपालिका वडा नं.१३ का जनप्रतिनिधी वडा सदस्य याम बहादुर भण्डारी माथी स्वास्थ्यकर्मी कमल कुमार भण्डारी ले हातपात र अभ्रद व्यवहार गरिएको भन्ने आरोप लगाईएको छ ।
वडा सदस्य याम बहादुर भण्डारी ले यहि पौष ६ गते साझ दुल्लु नगरपालिका वडा नं। १३ गौडा बजारमा रहेको लक्ष्मी होटल एण्ड रेष्टुरेन्ट मा स्वास्थ्यकर्मी कमल कुमार भण्डारी , दुल्लु नगरपालिका वडा नं। १२ का वडा सदस्य गोपी सार्की , निर्माणाधिन घाटुघर कूषी क्याम्पस सडक निर्माण समिती का अध्यक्ष बखत भण्डारी र कोषाध्यक्ष जगत भण्डारी र स्थानिय बासी चन्द्र बहादुर खड्का सहितको टोली साझको खाना खाईरहेको बेला निज वडा सदस्य याम बहादुर भण्डारी ले अत्याधिक मात्रामा मदिरा सेवन गरी खाना खाइरहेको टोली माथी विगतमा श्री सरस्वतीदेवी माध्यमिक विधालय विनायकको हातामा स्वयम आफैले विधालयको तारजाली र हाता भित्रका रुख कटान गरी घर टहरा निर्माण गर्न लाग्दा श्री सरस्वतीदेवी माध्यमिक विधालय विनायकको व्यवस्थापन समिती र स्थानिय समुदायले उक्त काम रोक्का गरेको पुरानो विषयलाई स्वयम आफै उत्थान गरी गालीगलौज सहीत स्वास्थ्यकर्मी कमल कुमार भण्डारी को खाना खाईरहेको थाली खोसेर , खाना पोखिदिएको र अभ्रद व्यवहार गरेको प्रमाण सहित एक स्थानियले जानकारी दिएका छन् ।

यही विषयलाई लिएर दुल्लु नगरपालिका वडा नं। १३ का जनप्रतिनिधी वडा सदस्य भण्डारी ले यसरी सार्वजनिक सम्पती माथी क्षति पुर्याउदा पनि कुनै कार्वाही नगरी उल्टै आफनो वडा सदस्यको अपराध लुकाउन पद र शक्तीको चरम दुरुप्रयोग गरी आफुमाथि बदलाको भाबले आरोप लगाईएको स्वास्थ्यकर्मी कमल भण्डारीको भनाई छ ।
उहाँले भन्नुभयो मैले पटक पटक वडामा हुने गरेका र भैरहेका बिभिन्न बिषयबस्तुमा आफ्नो अधिकार र हकको प्रयोग गर्दै वडाको बिकास र सुसासनका सवालमा प्रश्न गरिरहेको र यसै बिषयलाई लिएर आफुमाथि वडा सदस्यले नै मदिरा सेवन गरेर दूर्वबहार गर्दापनि आफु मौन रहेको र सत्य तत्य तथ्य छानबिन गरी न्याय दिनुपर्नेमा उल्टै आफुमाथि वडाले नै विज्ञप्ति निकालेर वडा सदस्यको अपराध लुकाउन खोजेको उहाँले भन्नुभयो ।
स्थानिय वडा सरकार संग वडामै वडा न्यायिक समिती हुदाहदै पनि वडा सदस्य याम बहादुर भण्डारी माथी भएको भनिएको हातपात र अभ्रद व्यवहारको सत्यतथ्य के हो , कुनै अध्ययन , सोधिखोजी र छानविन नगरी पुर्वाग्रही तरिकाले एक स्वास्थ्यकर्मी माथी आरोप लगाउनु र वडाकै लेटरप्याडमा प्रेस विज्ञप्ती निकाल्नु कर्मचारी माथी कै घोर अपमान हो ।
