जमुनाह नाकाबाट लागूऔषधसहित १९ बर्षीय युवक पक्राउ
सुर्खेत। नेपालगञ्जको सिमा नाका जमुनाहबाट लागूऔषधसहित एक जना १९ बर्षीय युवक पक्राउ परेका छन् ।
नेपालगञ्जको जमुनाह नाकामा १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित कोहलपुर नगरपालिका ५ रझेना, बाँकेका १९ बर्षीय रामकुमार थारुलाई ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरी र लागूऔषधको संयुक्त टोलीले पक्राउ गरेको हो ।
रुपइडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका थारुलाई चेकजाँचका क्रममा मुखभित्र राखेर लागूऔषध ल्याउँदै गरेको अवस्थामा जमुनाह प्रहरी र लागूऔषधको संयुक्त टोलीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टले जानकारी दिएका छन् ।
शंकाष्पद तरिकाले नेपालगञ्ज आउँदै गरेका थारुलाई चेकजाँचका क्रममा मुखभित्र १ ग्राम ५०० मिलिग्राम लागूऔषधसहित लुकाइराखेको पाइएको प्रहरी नायब निरीक्षक बिष्टले बताए। पक्राउ परेका थारुसँग थप अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक बिष्टले बताएका छन् ।
