जमुनाहबाट ३६ फाइल लागूऔषध सहित कैलालीका युवक पक्राउ
सुर्खेत । बाँकेको जमुनाहबाट ३६ फाइल लागूऔषध सहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा कैलालीको लम्किचुवा नगरपालिका वडा नंवर ४ बस्ने २४ वर्षिय कर्ण बोगटी रहेको ईलाका प्रहरी कार्यालय जमुनाहले बताएको छ ।
सोमबार, पुस १२, २०७८ बिहान करिब १०:४० मा नेपाल-भारत सिमा रहेको बाँके, नेपालगन्जको जमुनाह नाकाबाट उनलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
बोगटीको साथ बाट १४ फाइल(२१५ ट्याबलेट) फेनिरामाइन एभिल, २१ फाइल(२१० ट्याबलेट) ट्रामाडोल, १ फाइल्(१० ट्याबलेट) नाइट्राभेट लागूऔषध बारामद भएको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहको प्रहरी टोलीले जम्मा ३६ फाइल (४३५ ट्याबलेट) बिभिन्न प्रकारका प्रतिबन्धित लागूऔषध सहित् बोगटीलाई पक्राउ गरेको जनाएको छ ।
