साढे ६९ किलो गाँजासहित तीन पक्राउ
मकवानपुरबाट साढे ६९ किलो लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
हेटौडा उपमहानगरपालिका-१ पालुङ बसपार्कबाट तीन जनालाई लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए।
गाँजा फेला परेपछि प्रहरीले कैलाश गाउँपालिका-५ कटहरे घर भई हाल हेटौडा-७ कमाने बस्ने ३४ वर्षीय अटो चालक सिताराम मोक्तान, ३३ वर्षीय अमरबहादुर गिरी र २६ वर्षीय इन्द्रबहादुर मोक्तानलाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा खटिएको टोलीले पालुङ बसपार्कमा ना १ ह ७६३८ नं. को अटोलाई चेकजाँज गरेको थियो।
त्यसक्रममा तरकारीको बोराभित्र लुकाएर ल्याएको १० वटा पोकामा ६९ किलो ५०० ग्राम गाँजा फेला परेको हो।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
