राष्ट्रिय सभा सदस्यका लागि आज उम्मेद्द्वारि दर्ता हुदै
सुर्खेत । राष्ट्रिय सभामा चुनावका लागि कर्णालीमा रिक्त हुने तीन सदस्यका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । तीन सदस्यका लागि दलहरुले उम्मेदवार टुंगो लगाइसकेका छन् ।
एमाले राष्ट्रियसभा चुनावका लागि खुलाबाट सुर्खेतका चुडामणी शर्मा, महिलाबाट जुम्लाकी गंगा महत र अल्पसंख्यकबाट दैलेखका पदमबहादुर माझीलाई उम्मेदवार बनाएको छ । यस्तै कांग्रेसले सुर्खेतकी महिलाबाट दुर्गाकुमारी गुरुङ र नेकपा एकिकृत समाजबादीले सल्यानका उदय बोहोरालाई उम्मेदवार गराएको छ । माओवादी केन्द्रले सुर्खेतका नरबहादुर विष्टलाई उम्मेदवार गराएको छ ।
माघ १२ गते हुने चुनावमा कर्णालीमा तीन दलीय गठबन्धन र एमालेबिच प्रतिष्पर्धा हुनेछ । कर्णालीमा महिला एक, अन्य एक र अपाङ्गतारअल्पसङ्ख्यक क्लस्टरबाट एक गरी तीन सदस्यमा चुनाव हुँदैछ । कर्णालीमा महिलाबाट कविता बोगटी, अपाङ्गताबाट जीवन बुढा र अन्यबाट ठगेन्द्रप्रकाश पुरीको पदावधि सकिँदैछ ।
कर्णालीमा यस्तो छ मतभार
राष्ट्रियसभा सदस्य चुनावका लागि कर्णालीमा स्थानीय तहका प्रमुखरउपप्रमुख १५६ र प्रदेशसभाका ३५ गरी कुल १९१ जना मतदाता छन् । स्थानीय तहका प्रमुखरउपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ हुने कानुनी व्यवस्था छ ।
राष्ट्रियसभा चुनावमा कर्णालीमा सबैभन्दा बढी मत माओवादी केन्द्रको छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुखरउपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ प्रदेशसभा सदस्य छन् । यसरी माओवादी केन्द्रको स्थानीय तहबाट ९३६ र प्रदेशसभाबाट ५७६ गरी एक हजार ५१२ मतभार हुन्छ ।
यस्तै नेकपा ९एमाले० का स्थानीय तहका प्रमुख्उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । यसरी एमालेको स्थानीय तहबाट ८१० र प्रदेशसभाबाट ६२४ मतभार हुन्छ । एमालेको कूल एक हजार ४३४ मतभार रहेको छ ।
नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख्उपप्रमुख ४० जना छन् । यसरी स्थानीय तहबाट ७२० मतभार हुन्छ । कांग्रेसका प्रदेशसभा सदस्य ६ जना रहेकाले २८८ मतभार हुन्छ । यसरी कांग्रेसको कूल एक हजार आठ मतभार छ ।
नेकपा ९एकीकृत समाजवादी० मा स्थानीय तहका प्रमुख्उपप्रमुख गरी १३ र प्रदेशसभाका ३ जना मतदाता छन् । एकीकृत समाजवादीको स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी कूल ३७८ मततभार रहेको छ ।
कर्णालीमा तीन दलीय गठबन्धन भएकाले यहाँ गठबन्धनले सहजै जित्ने देखिन्छ । माओवादी केन्द्र, कांगेस र एकीकृत समाजबादी पार्टीको गरेर कर्णालीमा स्थानीय तहबाट एक हजार ८९० र प्रदेशसभाबाट एक हजार ८ मतभार गरी कुल दुई हजार ८९८ मतभार रहेको छ । एमालेको कूल एक हजार ४३४ मतभार रहेको छ ।
