सुर्खेतको बयलकाँडा गढीमा सेनाले राख्यो राष्ट्र निर्माता पृथ्वी नारायणको सालिक
सुर्खेत । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सुर्खेतकाे ऐतिहासिक बयलकाँडा गढीमा सालिका अनावरण गरिएकाे छ । नेपाली सेनाकाे पश्चिम कमाण्ड हेडक्वाटर निमारे सुर्खेतका कमाण्ड सेनापति उपरथी प्रेम शाहीले बृहत नेपाल एकिकरण गर्ने राजा शाहको सालिका अनावरण गर्नुभएकाे हाे । गढी संरक्षणमा चासो देखाएको नेपाली सेनाले यसअघि गढी प्रवेशद्वारमा गेट निर्माण गरेर ईतिहास उल्लेख दस्तावेजसहित शाहको तस्वीर राखेको थियाे ।
इतिहासकाे रक्षार्थ याेगदान पुर्याउनु भएका शाहकाे सालिक राखेर संस्कति संरक्षण गर्दै आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने मुख्य उदेश्यअनुसार सालिक राखिएको कमाण्ड सेनापति उपरथी शाहीले जानकारी दिनुभयाे । नेपालकाे रक्षा गर्नमा यस्ता गढीहरूले महत्वपूर्ण याेगदान गरेकाले ऐतिहासिक धरहरा र सांस्कृति सम्पदाकाे संरक्षणमा सेनाले फरक मार्गबाट लागेकाे शाहीले उल्लेख गर्नुभयाे । उहाँले एकीकरण मार्गलाइ पुनर्जीवन दिने काेशिस गरिरहेकाे पनि बताउनुभयाे ।
गढी क्षेत्रमा पुरातत्व विभागले बाहेक अन्य निकायले उत्खनन र पुनर्निर्माण गर्न नमिल्ने भएकोले नयाँ सबुज गण कपासे ब्यारेकले पहिलो चरणमा पाँच लाखकाे लाख लागतमा गेट निर्माण गरेको थियाे । उहाँकाअनुसार रणनीतिक महत्व बोकेका देशभरका ऐतिहासिक गढी तथा किल्लाहरुको ‘राष्ट्रिय एकीकरण मार्ग’ अन्तर्गत गढीको संरक्षण गर्ने अभियानलाइ पनि निरन्तरता दिएकाे छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ गोठीकाँडामा रहेको बयालकाँडा गढी ५ कट्ठा १३ धुर जग्गामा रहेको छ ।
इतिसम्वत १७९० नेपाल एकिकरणको क्रममा गोर्खाली फौजले संसार बर्माको फौजलाई पराजित गरेर दैलेख र सुर्खेतलाई वृहत नेपालमा गाभेको समयमा यो गढीको स्थापना भएको विभिन्न दस्तावेजमा उल्लेख गरिएको छ । ‘योगी नरहरी नाथले प्रकाशन गरेको ईतिहास पुस्तकका राम्रीकाँडामा रहेको स्तम्भमा काँडाको अर्थले राजधानी र दरवार क्षेत्रलाई बुझाउने र दरवारको सुरक्षाका लागि खस मल्लकालमा नै गढी निर्माण गरिएको उल्लेख छ,’ नयाँ सबुज गण कपासे ब्यारेकका प्रमुख सेनानी केशव राजमाझीले भन्नुभयाे, ‘तर गढी निर्माणको ऐतिहासिक दस्तावेज नभएकोले विं.सं. १८९४ अघि नै निर्माण गरिएको अनुमान छ ।’
