Skip to main content

सुदूरपश्चिममा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, २२ अझै बेपत्ता

बाढिपहिरो तथा प्राकृतिक विपत्तिबाट बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आजसम्म यस प्रदेशमा ३७ जनाको मृत्यु भएको हो । बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी …

जनगणना सम्बन्धी कार्यशाला गोष्ठी


सुर्खेत । सुर्खेतमा आइतबार राष्ट्रिय जनगणना सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आगामी २५ गतेदेखि सुरु हुने राष्ट्रिय जनगणनालाई मध्यनजर गर्दै केन्द्रीय तथ्याङ्क विभागसँगको सहकार्यमा यूएनएपी नेपाल तथा युकेएडको सहयोगमा मिडिया एक्सन नेपालले गोष्ठीको आयोजना गरेको हो ।

आउँदो …

डोल्पामा जीप दुर्घटना हुँदा ९ जना घाईते

डोल्पामा जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाईते भएका छन्।

दुनै बजारबाट त्रिपुरासुन्दरी नगरपालिका–१ सुपाने जाँदै गरेको भे १ ज ९७५ नम्बरको जीप ठूलीभेरी नगरपालिका–९ भित्ती भन्ने ठाउँमा आइतबार दिउँसो सवा ४ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परी घाईते हुनेमा …

जलवायु परिवर्तनको असरबारे अर्थमन्त्री र बेलायती राजदूतबीच छलफल

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच जलवायु परिवर्तन र यसले पारेको असरबारे छलफल भएको छ ।

आइतबार मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा …

जिप दुर्घटना : ६ जना घाइते

सल्यानमा जिप दुर्घटना हुदा ६ जना घाइते भएका छन । आज बिहान साँढे ७ बजेको समयमा जिल्लाको कपुरकोट गाउपालिका ३ मुलपानि स्थित दाङ सल्यान सडक खण्ड अन्तर्गतको राप्ति राजमार्गमा थारमारे बाट दाङ तर्फ जादै गरेको भे.१.च.१८९० नंम्बरको डबल क्याप जिप …

कर्णालीको सत्ता कांग्रेसलाई हस्तान्तरण नगर्ने माओवादीको निर्णय

समझदारी विपरीत गए अर्को खेल शुरु हुन्छ स् जीवन शाही

सुर्खेत । नेकपा ९माओवादी केन्द्र०ले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न प्रदेश कार्यालयको विस्तारित बैठकले महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई नै पूर्ण कार्यकाल …

वीरेन्द्रनगरबाट लागु औषध सहित एक जना पक्राउ


सुर्खेत । सुर्खेत प्रहरीले लागु औषध ब्राउनसुगर सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्युरोको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले वीरेन्द्रनगर नगरपालिका–२ भुरेलीबाट कोलडाँडा भन्ने स्थानमा बस्ने २८ बर्षीया खिम बहादुर बुढालाई …

सुर्खेतमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते

सुर्खेतको वीरेन्द्रनगरमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–७ स्थित कट्कुवा सामुदायिक वनमा शनिवार बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ …

एकीकृत समाजवादी कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मर थापालाई

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दैलेखका अम्मर बहादुर थापाले पाएका छन् ।

पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकबाट थापालाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो । थापा हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीसमेत …

एमसीसी जस्ताको त्यस्तै पारित हुन्छः प्रधानमन्त्री

 प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् ।

बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन् । …